नेपाल फिफा वरियतामा एक स्थान तल झर्दा विश्व वरियतामा काे अघि
२०७४ जेठ १५ गते

असोज ३०, काठमाडाैं । नेपाल फिफा वरियतामा एक स्थान तल झरेको छ । विश्व फुटबल महासङ्घ फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेर १ सय ७६ औँ स्थानमा पुगेको छ ।
यसअघि नेपाल १ सय ७५ औँ स्थानमा थियो । दक्षिण एसियामा भारत १०५ औँ स्थानमा छ । त्यसै गरी अफगानिस्तान १ सय ५४ औँ स्थानमा, माल्दिभ्स १ सय ५६ औँ, भुटान १ सय ९० औँ र बङ्गलादेश १ सय ९६ औँ स्थानमा छ । भने, श्रीलंका १ सय ९८ औँ र पाकिस्तान २ सय १ औँ स्थानमा छन् ।
विश्व वरियतामा जर्मनी शीर्ष स्थानमा छ । ब्राजिल दोस्रो र पोर्चुगल तेस्रो स्थानमा छन् । वरियतामा सबैभन्दा राम्रो सुधार तुर्किमिनिस्तानले गरेको छ । तुर्केमिनिस्तान २२ स्थान माथि चढ्दै १ सय १४ औँ स्थानमा पुगेको छ ।
यी हुन् उत्कृष्ट १५ देश
- जर्मनी
- ब्राजिल
- पोर्चुगल
- अर्जेन्टिना
- बेल्जियम
- पोल्याण्ड
- फ्रान्स
- स्पेन
- चिली
- पेरु
- स्वीटजरल्याण्ड
- इंग्ल्याण्ड
- कोलम्बिया
- वेल्स
- इटाली
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








