खुमबहादुर खड्काको खुट्टा निधिले समातेपछि उम्मेदवार बन्ने रहर हरायो

काठमाडौँ, भदौँ १९। अब,भ्रष्टाचारमा मुछिएका कांग्रेसी नेता खुमबहादुर खड्का,चिरञ्जीवी वाग्ले, जेपी गुप्ता,राधेश्याम अधिकारी, आनन्द ढुंगानासहित १९ सांसदलगायत भ्रष्टाचारमा मुछिएका जुनसुकै दलका व्यक्तिले प्रदेश र सङ्घीय संसद्को चुनावमा उम्मेदवार बन्न नपाउने भएका छन् । तर, सोमबार सो विद्येयक पारित भएसँगै काँग्रेसका रामचन्द्र पौडेल पक्षधरका सांसदहरू खुमबहादुरलाई उम्मेदवार बन्नबाट बञ्चित गराएसँगै आक्रमक बनेका छन् । यसअघि पौडेल पक्षधरका सांसदहरुले जबर्जस्ती करणी, मानव बेचविखन तथा ओसारपसारमा संलग्न ठहर भई सजाय भोगेकाहरुले पनि चुनावमा भाग लिनुपर्ने अडान राख्दै आएका थिए ।
आज सोमबार बसेको संसद्को बैंठकले यो प्रावधानसहित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खुमबहादुृर खड्का जस्ता भ्रष्टचारमा कसुर भोगेका व्यत्तिले उम्मेदवार बन्न नपाउने निर्णय बहुमतका साथ पारित गरेको हो । तर, सरकारले आफू खुसी राज्य सञ्चालन गरेको आरोप लगाउँदै पोडेल पक्षधर नेताहरू आक्रमक बनेको स्रोतले बतायो । यो विद्येयक पारित नभइदिएको भए दाङबाट आगामी निर्वाचनमा खुमबहादुरले जित हासिल गर्ने सम्भावन बलियो रहेको समेत स्रोतले बतायो ।
पौडेल पक्षधरका कांग्रेसी नेताहरुले भ्रष्टाचारमा सजाय पाएका व्यक्तिले पनि चुनाव लड्न पाउनुपर्ने अडान राखेपछि संशोधन विधेयक लामो समयदेखि थाती रहेको थियो । यससँगै, निर्वाचन आयोगले मङ्सिर १० मा चुनाव हुन नसक्ने खबर समेत गरेको थियो । तर,सोमबार राज्य व्यवस्था समितिमा काँग्रेसका खुमबहादुर खड्का,राधेश्याम अधिकारी, आनन्द ढुंगानासहित १९ सांसदले भ्रष्टाचारीले चुनाव लड्न पाउनुपर्ने संशोधन फिर्ता लिएपछि विधेयक संसद् बैठकबाट पारित भएको छ । विधेयक पारित भएसँगै निर्वाचन आयोगलाई चुनावी कार्यक्रम अघि बढाउन सजिलो भएको छ ।
खुमबहादुर भर्सेज निधि
सोमबार राज्य व्यवस्था समितिमा संशोधन फिर्ता लिन पौडेल पक्षधर कांग्रेसी सांसदहरुले मानिरहेका थिएनन् । तर,पौडेल पक्षले विमलेन्द्र निधिले खुमबहादुर खड्कालाई उम्मेदवार बनाउन रोकेको कारण पत्ता नलागेपछि अन्ततः पौडेल पक्षधर कांग्रेसी सांसदहरु आफ्नो अडानबाट पछि हटेको स्रोतले बताएको छ । राजनीतिक दल सम्बन्धी कानुनमा भ्रष्टाचारमा सजाय पाएको व्यक्ति पार्टीको पदाधिकारी हुन नपाउने व्यवस्था भए पनि पौडेल पक्षधर सांसदहरुले यो नियम मानिरहेका थिएनन् । पूर्व गृहमन्त्री विमलेन्द्र निधिले खुमबहादुरलाई उम्मेदवार नबनाउनुको प्रमुख कारण पार्टीमा उपसभापति बन्नबाट रोक्नु पनि अर्काे मुख्य कारण रहेको स्रोतले बतायो । तर, उप सभापति बन्न रोक्नुको मुख्य कारण भने स्रोतले खुलाएन ।
भ्रष्टाचारमा मुछिएका व्यक्तिले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्न पाउँनु सान्दर्भिक नभएको बताउँदै काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले यो निर्णय कुनै पनि हालतमा स्विकार्न नसकिने बताउँदै पूर्ण रूपमा फेल भएको बताए । ‘यो निर्णय कसैले मान्न पनि सकिने अवस्था थिएन । त्यसैले फेल भयो ।’ उनले भने । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले भ्रष्टारीहरुलाई उम्मेदवार बनाएर देशको इज्जत बदनाम गरेको आरोप लगाए ।








