उप–राष्ट्रपतिका कान्छा छोरा दिपेश हुँदा हुँदै गगन थापालाई भोट किन दिने ?


काठमाडौँ, असोज २५ । दलहरूले आगामी निर्वाचनका लागि कलाकार, पत्रकार, सामाजिक अभियन्ता लगायत थुप्रैलाई उम्मेदवारमा अघि सार्दैै गर्दा उप–राष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का कान्छा छोरा दिपेश पुन नेपाली काँग्रेसका नेता गगन थापाविरुद्ध आगामी प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् ।

मङ्गलवार राजधानीमा बसेको क्रान्तिकारीको विद्यार्थी विशेष जिल्ला समिति बैंठकले पुनलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । अखिल क्रान्तिकारीका उपाध्यक्षसमेत रहेका पुन–उपराष्ट्रपति नन्दबहादुर पुन पासाङका कान्छा छोरा हुन् । उता,वामपन्थी दल एक भए पनि एमालेका डा. राजन भट्टराईले पनि उम्मेदवारी घोषणा गरेका छन् । ०७० सालमा सम्पन्न दोस्रो संविधान सभा निर्वाचनमा पुनका बाबु नन्दबहादुर पुनः गगनसँग पराजित भएका थिए ।

क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले युवा नेतृत्वलाई अघि सार्न पार्टी नीतिअनुसार पुनलाई उम्मेदवार बनाइएको बताए । ‘अब, राज्य भनेको युवा पुस्ताले हाँक्ने बेला आएको छ । पुरानासँग भएका अनुभवलाई सँगालेर नयाँ पुस्ताले देश हाँक्न जरुर छ । त्यसैले हामीले उहाँलाई उम्मेदवार बनाएका छौ ।’ उनले भने । रोल्पा निवासी दिपेश राजनीतिका साथै समाज सेवामासमेत सक्रिय छन् ।

दिपेशलाई कार्यकताहरुले समाजिक सञ्जाल फेसबुकमार्फत् जित सुनिश्चित भन्दै उचालिरहेका छन् । ‘क. दिपेश पुन र गगन थापाबीच घमसान हुँदै , काठमाडौँ क्षेत्र नम्बर ४ बाट क्रान्तिको ज्यालाबाट निस्केका साहसी योद्दा दिपेश पुन र राजालाई गाली गरेर हिरो बनेका गगन थापाबिचको टक्कर हेर्न अब केही समय पर्खौ । जितको लागि अग्रिम शुभकामना दिपेश पुनलाई ।’

त्यस्तै, जोसिलो र भरलाग्दो युवा नेता दिपेश पुनको अगाडि गगन थापाको विजय सम्भव नै नभएको भन्दै दिपेश पुनको उचाइ उक्लिदै गइरहेको अवस्थामा आम युवाहरूको उनीप्रति आशा झनै बढेको कार्यकर्ताहरू बताउँछन् । उनीहरु यो पनि भन्छन्– दिपेश पुन हुँदा हुँदै गगनलाई भोट के कारण दिने ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 18 =