प्रदेश नं ६ बाट वाम गठबन्धनका आठवटै उम्मेदवार विजयी

सुर्खेत, माघ २५ । बुधबार भएको राष्ट्रियसभाको निर्वाचनमा ६ नं प्रदेशबाट आठैजना वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

महिला र खुलातर्फ निर्धारण गरिएको मतभार एक हजार १६२ क्रस गरी वाम गठबन्धनका खुलातर्फका कालीबहादुर मल्ल, भैरवसुन्दर श्रेष्ठ र ठगेन्द्र पुरी तथा महिलातर्फका युटुल तामाङ, कविता बोगटी र नन्दा शर्मा (चपाई) विजयी भएका छन् ।

त्यस्तै, दलिततर्फ नरपति लुहारले तीन हजार ६६६ र अपाङ्ग/अल्पसंङ्ख्यकतर्फ जीवनबहादुर बुढाले तीन हजार ७२० मतभार प्राप्त गरी निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + twelve =