सुर्खेत प्रहरीद्वारा ठूलो परिमाणमा बम बनाइने सामग्री बरामद

सुर्खेत, कात्तिक २५ । प्रहरीले ठूलो परिमाणमा बम बनाउन प्रयोग गरिने विष्फोटक सामग्री बरामद गरेको छ ।  पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–११ ढुङ्गेबजारबाट आज बम बनाउन प्रयोग गरिने डेटोनेटर, जिलेटिन, फ्यूजवायर तारलगायत बरामद गरिएको हो । बम बनाउन प्रयोग गरिने सामाग्रीसँगै भारतीय र नेपाली सीमसहितको मोबाइल पनि बरामद भएको प्रहरीले जनाएको छ ।

निर्वाचनमा प्रभाव पार्नका लागि निर्वाचन विरोधी समूहले विष्फोटक सामग्री भारतबाट भित्र्याएको प्रहरीले जनाएको छ ।

‘विशेष सुराकीको आधारमा ध १ ज १०६ नम्बरको जीप जाँच गर्दा ६० थान डेटोनेटर, ५ सय ५५ थान जिलेटिन, २२ मिटर फ्यूजवायरका साथै भारतीय र नेपाली सीमसहितको मोबाइल बरामद गर्न सफल भयौँ’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार आचार्यले भने, ‘विष्फोटक सामग्री ल्याउने व्यक्तिको खोजी गरिरहेका छौंँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 4 =