नवलपरासीमा उम्मेदवारलाई गाउँ पस्न निषेध
२०७४ जेठ १५ गते

असार ११, नवलपरासी । राजपा नेपालले नवलपरासीमा निषेधित क्षेत्र घोषित गरी उम्मेदवारलाई गाउँ पस्न नदिने निर्णय गरेको छ । चुनाव वहिष्कार गरेर आन्दोलनमा रहेको राजपाले प्रतापपुर गाउँपालिका–६ को कठहवा र हरपुर गाउँमा कुनै पनि उम्मेदवार गाउँ नपस्न उर्दी जारी गरेको हो । कठहवा राजपा नेपालका उपाध्यक्ष हृदयेश त्रिपाठीको गाउँ हो ।
भारतीय सीमामा टासएिको यस गाउँमा पुग्ने एकमात्र बाटोमा उम्मेदवार निषेधित क्षेत्र लेखिएको कालो ब्यानर टाँगेर गाउँ प्रवेशमा रोक लगाइएको छ । घरदैलो गर्ने क्रममा शनिबार नेपाली कांग्रेसका सांसद देवकरण प्रसाद कलवार सहितको टोलीलाई कठहवामा राजपाका कार्यकर्ताले अवरोध गरी फिर्ता पठाएका थिए ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








