चुनाव बहिस्कार गरेको विप्लव समूहले रोल्पामा उम्मेदवारी दर्ता गराएपछि

४ असार, रोल्पा । चुनाव विरोधीका रूपमा चिनिएको विप्लव समूहले समेत चुनावमा भाग लिएको छ । रोल्पामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चुनावमा भाग लिएको हो । देशभर स्थानीय चुनाव बहिस्कार गरेको विप्लव समूहले रोल्पाको थवाङमा भने उम्मेदवारी दर्ता गराएको छ ।

थवाङ गाउँपालिकाको अध्यक्षमा विप्लव नेतृत्वको तर्फबाट भक्तबहादुर घर्तीले उम्मेदवारी दर्ता गराएका हुन् । विप्लवको पाटी निर्वाचन आयोगमा दल दर्ता नभएकाले घर्तीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका हुन् । उनी रोल्पा निवासी हुन् ।

स्वतन्त्र उम्मेदवार बनेका घर्ती साहस उपनामबाट चिनिने विप्लव समूहका स्थानीय नेताका छोरा हुन् । थवाङ माओवादीको उदगम थलो हो । विप्लव समूहले उवाको वडा अध्यक्षमा पनि उम्मेदवार उठाउने तयारी गरेको स्रोतले बतायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + two =