अठासी किलो सुन प्रकरणमा संलग्न दुईजना पक्राउ
२०७४ जेठ १५ गते

भदाै २२, काठमाडाै । अठासी किलो सुन प्रकरणमा संलग्न भएको आरोप लागेका दुइजनालाई रसुवाबाट पक्राउ गरिएको छ । प्रहरीले सुन प्रकरणमा संलग्न भएको भनिएका दुइजना सवारी चालकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रसुवा जिल्ला स्याफ्रुबेँसीका दम्बा तामाङ र सिन्धुपाल्चोकका दिलीप खड्का रहेका जिल्ला प्रहरी प्रमुख शरतकुमार थापाले बताउनुभयो ।

यी दुई सवारी चालकमध्ये तामाङले चिनियाँ भूभागमा र खड्काले नेपाली भूभागमा सुन बोकेको मोटर ओहोरदोहोर गराउने भूमिका निर्वाह गरेको पाइएकाले पक्राउ गरी अनुसन्धानका लागि काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ । केही दिन अघि चीनबाट नेपाल भित्राउदै गरेको अवस्थामा ८८ किलो सुन बरामद गरिएको थियो ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








