बर्दियाको बिकट चेपांगमा घुम्ति सेवा शिबिर सञ्चालन हुदै

बर्दिया , साउन २७ । बर्दियाको बबई चेपांगमा एक दिने घुम्ति सेवा शिबिर सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय अन्तर्गत ईलाका प्रशासन कायालय बाँसगढीले कार्यालयबाट हुने सबै सेवाहरु शिबिरबाट घरदैलोमा नै दिने भएको छ । बाँसगढी नगरपालीका वडा नम्बर १ मा पर्ने चेपांग गाँउ रत्नराजमार्गमा पर्ने बबई नदिको किनारमा छ ।

त्यहाबाट ईलाका प्रशासन कार्यालय बाँसगढीमा सेवा लिन झण्डै ५० किलोमिटरको दुरीमा छ । भौगोलिक बिकटतालाई मध्य नजर गर्दै प्रशासनले भोली शनिबार २८ गते एक दिने घुम्ति सेवा शिबिर सञ्चालन गर्ने भएको छ । बाँसगढी नगरपालीका वडा नम्बर १ मा पर्ने बबई चेपांगमा सञ्चालन हुने शिबिरमा नागरिकता प्रमाण पत्र, नावालक परिचय पत्र, जनजाती प्रमाणित, दतिल प्रमाणित लगायत बिभिन्न सिफारिस गराईने ईलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख महेन्द्रजंग शाहीले बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + four =