कञ्चनजङ्घा (कविता)

हे ! कञ्चनजङ्घा !

मेरो उँचो शिर तिमी

कसैको नजर पर्ला भन्ने मेरो पीर तिमी

मैले सृष्टिबाट पाएको वरदान तिमी

मेरो अस्तित्व र व्यक्तित्वको प्रतिक तिमी ।

 

हे ! कञ्चनजङ्घा !

सूर्योदयको प्रथम प्रकाश ओढ्ने तिमी

हिमपातको पहिलो सफेद बर्को ओढ्ने तिमी

पहरा, लहराबाट छहरा बगाएर झरना झार्ने तिमी

इन्द्रेनीरुपी सप्तरङ्गी पहिरन पहिरने तिमी ।

 

हे ! कञ्चनजङ्घा !

सृष्टिकी सुन्दरी रानी तिमी

रातैरातै भएर सूर्यलाई स्वागत र विदाई गर्ने तिमी

शीतल मुहार मुस्कुराएर चन्द्रमालाई स्वागत गर्ने तिमी

सबैलाई मुग्ध पार्ने सुन्दरताको खानी तिमी ।

 

हे ! कञ्चनजङ्घा !

पापी नजर लगाउनेको आँखै फोडिदिउँदा

मिलिजुली सम्मान गर्नेलाई शान्ति बाँडिदिउँदा

नेपाली स्वाधिनताको प्रतिक तिमी

युगयुगभरिकी माता गुरु स्वतन्त्रताकी मौलो तिमी ।

 

हे ! कञ्चनजङ्घा !

नेपालीलाई समाई समाली राख है

मेरो प्यारो कञ्चनजङ्घा

मेरो प्यारो कञ्चनजङ्घा  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 3 =