४ दिनसम्म सुनसान स्याङजामा बाम-गठबन्धनको अग्रता

पोखरा,मंसिर २५ । । दोस्रो चरण अन्तरर्गत सम्पन्न निर्वाचनमा स्याङजाको क्षेत्र नम्वर २ का ५ वटा बुथहरुमा काँग्रेसले एकलौटी गरेको आरोपमा तानबग्रस्त बनेको स्याङजामा चार दिनपछी सुरुभएको मतगनामा बाम गठबन्धनले अग्रता लिएको छ ।

बमगठबन्धको तर्फबाट क्षेत्र नम्वर १ को प्रतिनिधि सभा सदस्यका उमेदवार नारायण मरासीनीले बाम ८ हजार ९ सय ९७ मत प्राप्तगरेका छन् भने काँग्रसका उमेदवार राजु थापाले ६ हजार ४ सय ६६ मत पाएका छन् ।

 

त्यसैगरी क्षेत्र नम्वर २ बाट बामगठन्धनका उमेदवार पध्मा अर्यालले ८ हजार ६ सय ७९ मत प्राप्तगरेकी छन् भन् काँग्रेसका नेता तथा उपप्रधानमन्त्री रहेका गोपालमान श्रेष्ठले ७ हजार ४ सय ९० मत प्राप्तगरेका छन्। त्यसैगरी प्रदेश सभा क मा गठबन्धनका तर्फका सझा उमेदवार माओवादीका दिपक चर्ती मगरले १० हजार ३७ मत प्राप्तगरेका छन्। उनका प्रतिद्धन्दी काँग्रेसका कमल पंगेनीले ७ हजार ७९ मत प्राप्तगरेका छन्।

त्यसैगरी प्रतिनिधि सभा क्षेत्र नम्वर २ को प्रदेश सभा ख बाट गठबन्धनका मीन प्रसाद गुरुङले ८ हजार ५ सय ०४ मत प्राप्तगरेका छन् भने उनका प्रतिद्धन्दी काँग्रेसका तुलसी गिरीले ५ हजार ८ सय ६८ मत पाएका छन् ।

त्यसैगरी प्रतिनिधि सभा २ को प्रदेश सभा क मा गठबन्धनको तर्फबाट एमालेका मोहन प्रसाद रेग्मीले ७ हजार १ सय ७८ मत प्राप्तगरेका छन् भने उनका प्रतिद्धन्दी काँग्रेसका बिष्णु पौडेलले ५ हजार २ सय २९ मत ल्याएका छन् । प्रदेश सभा ख मा गठबन्धनका तर्फबाट माओवादीका पारस गैरेले ६ हजार ३ सय २९ मत ल्याएका छन भने उनका प्रतिद्धन्दी काँग्रेसका भागवत प्रकाश मल्लले पनि ५ हजार ५ सय ९९ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + one =