मानव वेचविखन रोक्न सबै मिलेर जनचेतना फैलाउनुपर्नेमा सभामुख घर्तीमगरको जोड

काठमाडौं, भदौ २० । सभामुख ओनसरी घर्ती मगरले मानव बेचबिखन रोक्न सबै मिलेर जनचेतना जगाउनु पर्ने बताउनुभएको छ । ‘अवको गन्तव्य मानव वेचविखनको अन्त्य’ भन्ने मूल नाराका साथ मानव वेचविखन तथा ओसारपसार बिरुद्धको ११ औं राष्ट्रिय दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा सभामुख घर्तीले यस्तो बताउनुभएको हो ।
नेपाल बिगतमा मानव बेचबिखनको मुख्य श्रोत रहेको र अहिले ट्रान्जिट प्वाइन्ट बनेको बताउँदै सभामुख घर्तीले मानव बेचबिखन तथा ओसारपसार मानव बिरोधी गम्भीर अपराध भएकोले सबै मिलेर जनचेतना जगाउनुपर्ने बताउनुभयो । संबिधान कार्यान्वयनका लागि तीन तहको चुनाव बेलैमा सम्पन्न गर्नुपर्ने दायित्व सबैको काँधमा रहेको भन्दै सभामुख घर्तीले राजनीतिक स्थिरताका लागि संबिधानले देखाए बमोजिम अगाडि बढ्नु पर्ने सभामुख घर्तिको भनाइ छ ।
महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालाले बिगतमा खुला सिमानाका कारण यौन शोषणका लागि वेचविखन हुने गरेकोमा केही वर्ष यता नेपालका आन्तरिक बजार र बैदेशिक रोजगारीका लागि हुने श्रम आप्रवासनले वेचविखनको आयाम र स्वरुपमा समयसापेक्ष जटिलता थपेको बताउनुभयो ।








