उता आरजुको हार, यता देउवाको चियापान

काठमाडौं, मंसिर २४ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व मानव अधिकार दिवसको अवसर पारेर आईतबार चियापान कार्यक्रम आयोजना गरेका छन् ।

राष्ट्रपति विद्या भण्डारीको समेत उपस्थितिमा प्रधानमन्त्री देउवाले विश्व मानव अधिकार दिवसको अवसर पारेर चियापान कार्यक्रम आयोजना गर्नु भएको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आयोजना गरिएको चियापान कार्यक्रममा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधिश गोपालप्रसाद पराजुली, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, मन्त्रीहरु, विभिन्न देशका कुटनीतिक नियोगका प्रमुखहरु, मानव अधिकारको क्षेत्रमा कार्यरत मानव अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।

हरेक वर्ष डिसेम्बर १० तारिकका दिन विश्वभर मानव अधिकार दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 18 =