उपमहानगरपालिकाले राेक्याे ढल निर्माणकाे काम

माघ, १२, धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १ को अदालत रोडमा निर्माण भइरहेको पक्की ढल तथा नालामा कमसल खालको इट्टा प्रयोग भइरहेको गुनासो पछि उपमहानगरपालिकाले निर्माण कार्य रोक्न निर्देशन दिएको छ ।

नाली निर्माणमा कमसल खालको इट्टा प्रयोग भएको भन्ने जनगुनासोको आधारमा बिहीबार निर्माण स्थल अदालत रोड पुगेको उपमहानगरपालिकाको टोलीले तत्काललाई निर्माण कार्य रोक्न भनेको हो । उपमहानगरपालीकाका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरिले तत्काल ढल तथा नाला निर्माणको काम अगाडी नबढाउन निर्देशन दिँदै कमजोरी सुधार्न निर्माण व्यावसायीलाई निर्देशन दिर्इएको बताए ।

अध्यक्ष मुडभरिले निर्माण कार्य सुरु भएदेखि बारम्बार ठेक्का लिएको भुमिराज कन्सट्रक्सनलाई तत्काल गुणस्तरहीन इट्टा फिर्ता गर्न भनेपनि अटेर गरेको बताए । तत्काल गुणास्तरहिन इट्टा नहटाए सो कन्सट्रक्सनलाई कालोसूचीमा राखेर कारबाही गरिने चेतावनी दिए।

ढल तथा नाला निर्माणमा प्रयोग गरिरहेको इट्टा कमसल भएको भुमिराज कन्सट्रक्सनका श्रमिकहरूले समेत बताएका छन् । आफूहरूले ठेकेदारलार्इ कमसल इट्टा परेछ भन्दा ठेकेदारले बेवास्ता गरेको बताए । भुमीराज कन्सट्रक्सनकी ठेकेदार सुरेखा कार्कीले भने नालामा गुणस्तरीय इट्टा नै प्रयोग गरेको दाबी गरेकी छिन् । उनले कामदारले आफू बाहिर गएको बेला कमसल इट्टा ल्याएर आफुलार्इ बदनाम गराउन खोजेको भन्दै पन्छिइन् ।

कार्कीले नालामा १ नम्बर इट्टा नै प्रयोग गरिरहेको तर आफू बाहिर गएका बेला कामदारले ४ नम्बर इट्टा प्रयोग गरेको दाबी जिकिर गर्दै कमसल इट्टा हटाएर पुनः निर्माण गरिने बतार्इन् । आर्थिक वर्ष ०७३/०७४ को वैशाखमा भुमिराज कन्ट्रक्सनले उक्त ढल तथा नाला र १ सय ४ मिटरको अदालत रोडकै सडक कालोपत्रेका लागि साढे ३५ लाखको लागतमा ठेक्का लिएको थियो ।

सुरुमा असारमा काम सम्पन्न गर्नेगरी सम्झौता भए पनि उक्त अवधिमा ठेकेदारले काम सकेको थिएन । त्यसपछि पुनः ५ महिना म्याद थपेर मङ्सिर सम्म काम सक्नुपर्ने सम्झौता गरिएको थियो । उक्त समयमा पनि काम पुरा नभएपछि अन्तिम समय चैत्र मसान्तलाई तोकिएको छ ।
अदालत रोडका स्थानीयले समय लगाएर भए पनि गुणस्तरीय काम हुनुपर्ने माग गरेका छन् । उनीहरूले कमसल सामग्री प्रयोग गर्ने ठेकेदारलार्इ कारबाहीको माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =