प्रदेश प्रमुखसँगै अस्थायी राजधानी पनि तोकियो

काठमाडौं, माघ ३ । सरकारले ७ वटा प्रदेशमा प्रदेश प्रमुख तोकेको छ भने अस्थायी राजधानी पनि तोकेको छ ।

रक्षामन्त्री भीमसेनदास प्रधानका अनुसार प्रदेश नम्बर १ को राजधानी विराटनगर, २ को जनकपुर, ३ को मकवानपुर, ४ को पोखरा, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा अस्थायी मुकाम तोकिएको हो ।

यसअघि ५ नम्बर प्रदेशको राजधानी दाङ तोक्ने तयारी गरिएको थियो ।

त्यसैगरी प्रदेश प्रमुखमा १ मा डा। गोविन्द सुब्वा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाप्रसाद खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख तोकिएको छ ।

सरकारको निर्णयसँगै प्रदेश राजधानी माग्दै भइरहेका आन्दोलन झन् चर्कने संकेत देखिएको छ । पहिले अस्थायी राजधानी तोकिएको प्रदेश नं ५ को दाङमा अनिश्चितकालिन बन्द शुरु भएको छ भने राजधानी माग्दै प्रदेश ७ को दिपायल पनि बन्द गरिएको छ । अन्य प्रदेशका सम्भावित राजधानी हुने स्थानमा समेत आन्दोलन जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 6 =