आमाले बालिकालाई जन्म दिएर अनाथालयमा कुरियर गरेपछि…

एजेन्सी । चीनमा एक आमाले केही दिन अघि जन्मिएकी छोरी माथि यस्तो व्यवहार गरेकी छिन्, सायद विश्वास गर्न गाह्रै हुन्छ । चीनको फुजान प्रान्तमा एक महिलाले आफ्नी नवजात शिशुलाई प्लाष्टिक ब्यागमा प्याक गरेर उनलाई अनाथालय कुरियर गरिदिइन् । कुरियरमा संलग्न व्यक्तिले प्याकेटमा हलचल देखेपछि यसबारे पुलिसलाई जानकारी गराएका थिए ।
कुरियर बोइका अनुसार महिलासँग प्याकेज लिने बेला उनी एकपटक त्यसको परिक्षण गर्न चाहन्थ्यो । तर, महिलाले उनलाई यस्तो गर्नबाट अस्विकार गरिन् । उनले प्याकेजलाई अनाथालय पुर्याउने क्रममा थिए । बाटोमा नै उनले बच्चा रोएको आवाज सुने । जब उनले प्याकेज खोलेर हेरे तब उनले त्यसमा नवजात बालिका भेटे । पेइचिङ न्यूजका अनुसार कुरियर बोइले पुलिसलाई यसको सूचना दिए । पुलिसले बालिकालाई आफूसँगै राखेर अस्पताल पठाए र महिलालाई हिरासतमा लिइयो ।

२४ वर्षीया महिला सिचुआन प्रान्तमा बस्छिन् । डाक्टरले नवजात शिशुको स्वास्थ्य स्थिर भएको बताए । सोसल मिडियामा समाचार भाइरल भएपछि थुप्रै प्रयोगकर्ताले बालिकालाई उनको अभिभावक नभई अनाथालय नै पठाउनु पर्ने सल्लाह दिएका छन् ।








