सिटी सफारी रोकेको विरोधमा सडक अवरुद्ध
२०७४ जेठ १५ गते

पुस ६, इटहरी । इटहरीका मुख्य राजमार्गमा सिटी सफारी सञ्चालनमा रोक लगाएपछि त्यसको विरोधमा सफारी सञ्चालकहरु आन्दोलित भएका छन् ।
उनीहरुले निर्वाधरुपमा राजमार्गका रुट भएर सेवा दिन पाउनु पर्ने माग राख्दै इटहरी चोकमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण सो क्षेत्र भएर चल्ने सबै खालका यातायातका साधन अबरुद्ध भएका छन् ।
यातायात व्यवस्था विभागले आजदेखि लागू हुने गरी मुख्य राजमार्गमा सिटि सफारी सञ्चालनमा रोक लगाएको थियो ।
यातायात खुलाउने प्रयासस्वरुप क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयमा दुई पक्षबीच छलफल भइरहेको जनाइएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








