२५ दिने नेपाली सांकेतिक भाषाको पुर्नताजकी तालिम सम्पन्न

असार १०, नेपालगन्ज । राष्ट्रिय अपाङग महासंघ नेपालको आयोजना तथा जिल्ला सम्मन्वय समिती बाँकेको सहयोगमा २५ दिने सांकेतिक भाषा पुर्नताजकी तालिम सम्पन्न भएको हो । अपाङगता भएका व्यक्तिहरुको हकहित संरक्षण तथा सम्बद्र्धनका लागि राज्यको निती निर्माण गर्ने गराउने तहमा अपाङगता भएका व्यक्तिहरुको समावेशिकरण सहज पहुँच बनाउनका लागि यस्तो खालको तालिम आवश्यक रहेको महासंघका कार्यक्रम संयोजक उमा चौधरीले बताउनुभयो । अपाङगता भएका व्यक्तिहरुको अधिकारको लागि राष्ट्रिय अपाङग महासंघले विभिन्न खालका गतिविधि तथा अपाङगता भएका व्यक्तिहरुको हकहितका लागि विभिन्न खालका कामहरु गर्दै आएको महासंघका कार्यक्रम संयोजक चौधरीले बताउनुभयो । २५ दिने सांकेतिक भाषा तालिमको प्रशिक्षण स्मिता पोखरेल (कर्ण) ले गर्नुभएको थियो । तालिमको समापन कार्यक्रममा बोल्दै जिल्ला सम्मन्वय समिति बाँकेका एलडिओ हरि प्याकुरेलले सांकेतिक भाषाले अपाङगता भएका व्यक्तिहरु थप उर्जा मिल्ने बताउनुभयो ।

सांकेतिक भाषा शिक्षकलाई मात्रा नभई अपाङगता भएका व्यक्तिहरुको अभिभावकलाई दिन जरुरी रहेको प्रशिक्षार्थीहरुले बताएका छन् । सांकेतिक भाषाले अपाङगता भएका हरुलाई थप उर्जा दिने प्रशिक्षार्थीहरुले बताएका छन् । सांकेतिक भाषा सवैलाई अपरिहार्य रहेको जिल्ला सम्मन्वय समिति बाँकेका एलडिओ प्याकुरेलले बताउनुभयो । नेपाली सांकेतिक भाषाको पुर्नताजकी तालिममा शिक्षक, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + nineteen =