अस्ट्रेलियामा विद्यार्थी खर्च बढ्यो

काठमाडौं, पुस ३० । नेपाली विद्यार्थीहरुको अध्ययनका लागि आकर्षक गन्तब्य मानिएको अष्ट्रेलियामा विद्यार्थी खर्चमा वृद्धि भएको छ ।

अष्ट्रेलियाले आगामी फेब्रुअरी १ तारिखदेखि विद्यार्थी भिसाका केही नियममा परिवर्तन गर्दैछ । ति नियमबारे सही जानकारी भएमा विद्यार्थीहरुलाई सहजता हुन सक्नेछ ।

नयाँ नियम अनुसार विद्यार्थीहरुले सबै आवश्यक कागज निर्धारित समयमा नै अध्यागमनलाई बुझाउनुपर्नेछ । यसका साथै मेडिकल लगायतका अन्य कागजात पनि समयमा नै बुझाउनुपर्नेछ । यसअघि विद्यार्थीले नबुझाएको अवस्थामा केस अफिसरले एडिस्नल डकुमेन्ट भनेर माग्ने गर्दथ्र्याे । तर अब डकुमेन्ट पुरा नभएको अवस्थामा केस अफिसरले सिधै रिजेक्ट गरिदिन सक्छ ।

यस्तै, अष्ट्रेलिया सरकारले त्यहाँ जान चाहने विद्यार्थीको खर्च पनि बढाएको छ । अर्थात अब भिसा आवेदन दिंदा विद्यार्थीले अष्ट्रेलिया बस्दा आवश्यक खर्च ब्यहोर्न सक्छु भन्ने प्रमाण समेत दिनुपर्नेछ । नयाँ व्यवस्था अनुसार अब अष्ट्रेलिया जाने विद्यार्थीले वार्षिक बसोबासको खर्च बापत २० हजार दुई सय ९० डलर खर्च गर्न सक्ने प्रमाण पेश गर्नुपर्नेछ । यो भनेको नेपाली करिब १६ लाख रुपैयाँ बराबर हो ।

यसैगरी डिपेण्डेण्ट या अभिभावका लागि सात हजार एक सय अष्ट्रेलियन डलर देखाउनुपर्नेछ ।

यि नियमहरु फेब्रुअरी १ अघि निवेदन दिएका विद्यार्थीहरुको हकमा भने लागु हुँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 18 =