देउवालाई चुनावप्रति रुची छैन, उहाँलाई सत्तामा पुग्न र टिक्न पाए पुग्छ

असार ६ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन प्रति रूची नभएको बताएका छन् । प्रदेश नं २ को स्थानीय तहको निर्वाचन सार्नुबाट उनको रुची निर्वाचनमा नदेखिएको पोखरेलले बताउनु भयो ।

पोखरेलले भने – ‘शेरबहादुर देउवालाई चुनावप्रति रुची छैन। उहाँलाई सत्तामा पुग्न र टिक्न पाए पुग्छ । त्यसका लागि जेजे गरेर हुन्छ उहाँ गरि रहनुहुन्छ ।’

उनले प्रदेशको र केन्द्रको निर्वाचन गराएर संविधान कार्यान्वयनका लागि देउवा लाग्नेमा शंका व्यक्त गर्नुभयो । ‘उहाँले विगतमा पनि संसद भंग गर्ने तथा अलोकतान्त्रिक शक्तिलाई लोकतन्त्र बुझाउने काम गर्नुभएको छ’, पोखरेलले भने, ‘उहाँले जनतालाई शक्तिको केन्द्र मान्नुहुन्न ।’

विगतमा शेरबहादुर देउवा सरकारमा मन्त्री रहेर काम गरेका पोखरेलले जनतलाई लोकतान्त्रिक प्रक्रिया नै नमान्ने व्यक्तिको रुपमा देउवालाई अर्थ्याउनु भयो ।

‘हिजो राजा हुँदा राजालाई शक्तिको स्रोत मान्ने । अनि विदेशीलाई र सेनालाई मान्ने मान्छे हो’, पोखरेलले पार्टी केन्द्रीय कार्यालयमा कुराकानीको क्रममा भन्नुभयो ‘आफू हुनुपर्‍यो। आफू हुनकालागि ती शक्तिकेन्द्र रिजाए सबथोक हुन्छ भन्ने मान्ने मान्छे हो ।’

उनले देउवाको सरकार स्वभाविक ढंगले नबनेको बताए । ‘कहाँ कहाँ तामा, तुलसी भाकेर कागजपत्र गरेर शेरबहादुरजी प्रधानमन्त्री हुनु भएको छ । वाचा कबोल कहाँसम्म पुग्ने हो, आउने दिनमा हेर्नुपर्छ’, उनले भने।

 देउवाले राजनीतिलाई असन्तुलित बनाउने भूमीका खेल्ने टिप्पणी समेत पोखरेलले व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =