एमाले र माओवादीले पहिलो संविद्यानसभाको हत्या गरे : उमेदवार बराल

पोखरा,कात्तिक २२ । नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ (ख) का प्रदेश उम्मेदवार गुरुप्रसाद बरालले एमाले र माओबादीले पहिलो संबिधान सभाको हत्या गरेको बताएका छन् । उनले दुई वामपन्थी पार्टीहरुकै कारण दोस्रो संविधान सभाको निर्वाचन गर्नुपरेको आरोप लगाए ।

काँग्रेस कास्की क्षेत्र नम्बर २ को सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्ता संविधान विरोधी पार्टीलाई जनताले तिरस्कार गर्नुपर्ने बताए। ‘यीनै वामपन्थीहरुले नै पहिलो संविधानसभाको हत्या गरेका हुन्,अहिले पनि यीनीहरु संविधान रोक्ने प्रपञ्च रचिरहेकै छन्’उनले भने। ‘वाम गठबन्धनको नाटक यहि गलत सोँच सहित रचिएको हो ।’

काँग्रेसले संविधान बनाउन र यसलाई संस्थागत गर्नका लागि निकै ठुलो भुमिका खेलेको बताउदै काँग्रेसको चलाखिपूर्ण भुमिकाकै कारण उनिहरु हच्किएको बताए। ‘नेपाली काँग्रेसले नै जनतामा लोकतान्त्रिक सँस्कार बसाएको हो,यसलाई संस्थागत गर्न नेपाली काँग्रेस लागिपरेकै छ’ उनले भने। ‘तर अहिले गठबन्धनको नाममा वामपन्थीहरुले झुटको खेती गरिरहेका छन्।’

वामपन्थीहरुको अहिलेको विचारलाई उनले ‘स्यालको हँुकार’को संज्ञा दिए । ‘स्याल भनेको हुईकँदै गर्छ, काँग्रेस भनेको हात्तीहो यो लम्कदै गर्छ’बरालले भने । उनले अस्थिर राजनीतिको पक्षपोषणमा वामपन्थीहरु लागिरहेको र उनीहरु जुनसुकै बेला जे पनि हुन सक्ने भएकोले स्थिर राजनीतिका लागि काँग्रेसलाई जिताउन आग्रह गरे। ‘अस्थिरताको जड रोज्ने कि स्थिर काँग्रेसलाई भोट गर्ने ? यो कुरा भने जनताले छुट्टाउन आवश्यक छ ।’ बरालले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =