८५ लाख जनता गरिबीको रेखामुनी !

पुस ५, काठमाडौं । नेपालमा अझै पनि २८ दशमलव ५ प्रतिशत बहुआयामिक रुपबाट गरिब रहेको तथ्यांक सार्वजनिक गरिएको छ । राष्ट्रिय योजना आयोगले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको नेपाल बहुआयामिक गरिबी सूचकांकमा सन् २००६ देखि सन् २०१४ को अवधिमा नेपालको गरिबी आधा घटेको पनि उल्लेख गरिएको छ ।

नेपालको जनसंख्या वृद्धिका आधारमा हाल दुई करोड ९६ लाख २४ हजार ३५ रहेको प्रक्षेपण गरिएको छ । सो जनसंख्याको २८.५ प्रतिशत अर्थात ८४ लाख ४२ हजार आठ सय ५० जना गरिब रहेको तथ्याङ्कले देखाएको छ ।

सबै प्रदेशहरुमा आधारित रहेर पहिलो पटक तयार पारिएको सूचकांकमा प्रदेश नम्बर ६ र २ मा बहुआयामिक गरिबीको दर उच्च रहेको पनि स्पष्ट पारिएको छ । त्यसैगरी प्रदेश नम्बर ५ र ७ मा यो दर ३० प्रतिशत रहेको छ । यता प्रदेश नम्बर ३ र ४ मा भने सबै भन्दा कम १५ प्रतिशत गरिव रहेको देखिएको छ ।

यो सूचकांकले अव बन्ने प्रदेश सरकारलाई आफ्नो कार्य संचालन गर्नका लागि आवश्यक आर्थिक नीति तय गरी विकास निर्माणको कामलाई तीव्रता दिन महत्वपूर्ण योगदान दिने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीय वाग्ले विश्वास व्यक्त गरे । उनले उपयुक्त नीति तथा कार्यक्रममार्फत् प्रदेशहरुको विकास निर्माणको कामलाई अघि बढाउन यो सूचकांक उपयुक्त हुने पनि स्पष्ट पारे ।

सूचकांकले ० देखि ९ वर्ष उमेर समूहका बालबालिका सबैभन्दा बढि गरिव समूहमा परेको देखाइएको छ । यो सूचकांकलाई आधार मान्ने हो भने नेपालका बालबालिकाहरु अरु धेरै देशहरुका जस्तै बहुआयामिक गरिवीबाट विषय रुपमा प्रभावित रहेको देखिन्छ । यो सूचकांक कुपोषण, न्यून शिक्षा, अपर्याप्त सरसफाई जस्ता १० वटा सूचकहरुको अध्ययणबाट तयार पारिएको राष्ट्रिय योजना आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =