लण्डनमा पुनः घातक आक्रमण एकको मृत्यु आठ घाइते

लण्डन । लण्डनमा पुनः घातक आक्रमण भएको छ । लण्डन ब्रिजमा भएको आतंकवादी हमलापछि गएराति मध्यरातमा फिन्सबरी पार्क क्षेत्रको सेवन सिस्टर रोडमा आक्रमण भएको हो । रमजानको प्रार्थनाका लागि मस्जिद तर्फ गइरहेका पैदलयात्रीलाई लक्षित गरी एक भ्यानले ठक्कर दिएको थियो । हालसम्म एक जनाको मृत्यु भएको र आठ जना घाइते भएका छन् ।

लण्डन ब्रिजको आक्रमणमा आतंकवादीको संलग्नता भए पनि सेवेन सिस्टर रोडमा मध्यराति १२ बजे भएको आक्रमणमा कसको संलग्नता छ भनेर खुलेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार रमजानको प्रार्थनाका लागि आवत-जावत गर्नेहरुको कारण बाटोमा निकै भिडभाड थियो ।

लण्डन मेट्रोपोलिटन पुलिसले सेवेन सिस्टर रोडलाई अहिले बन्द गरेको छ । मुस्लिम काउन्सील ब्रिटेन (एमसीबी) का अनुसार चालकले जानीजानी पैदलयात्रीलाई ठक्कर दिएको थियो । अन्धाधुन्द ठक्कर दिने भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 10 =