एमालेले संसद् अवरुद्ध गर्दा संसद् बैठक स्थगित

जेठ, १७ काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मत गणना तत्काल सुरु गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले व्यवस्थापिका संसद् अवरुद्ध पारेको छ । सभामुख ओनसरी घर्तीले बुधवारको व्यवस्थापिका संसद् बैठक प्रारम्भ भएको जानकारी गराए लगत्तै एमाले सांसदले उठेर विरोध जनाएका थिए ।
बैठकमा समय लिएर बोलेका एमाले सांसद सुरेन्द्र प्रसाद पाण्डेले मतपत्र च्यात्ने नेकपा माओवादी केन्द्रको क्रियाकलापलाई पराजित मानसिकताले उद्त र जनतामाथिको कुर्किति भनी टिप्पणी गरे। हार्ने निश्चित भए पछि मत पत्र च्यात्ने काममा माओवादी केन्द्र अघि सरेको भन्दै उनले तत्काल मतगणना सुरु नभए मुलुकमा कहिले पनि मतदान नहुने पाण्डेले चेतावनी दिए। मुख्य निर्वाचन अधिकृतबाट जबरजस्ती मतगणना केन्द्रलाई कब्जा भएको भनी तथ्यलाई बङग्याउने काम भएको भन्दै उनले मतगणनाको काम सुरु नगरे स्वयम आफैँ घोषणा गरेर अघि बढ्न बाध्य हुने उनले चेतावनी दिए।
सांसद पाण्डेले मतगणना सुरु नगरेसम्म बैठक सञ्चालन हुन नसक्ने अभिव्यक्ति दिएपछि सबै एमाले सांसदहरु यथास्थानमा उभिएका थिए। त्यसपछि सभामुख घर्तीले बैठक बिहीबार अपरान्ह १ बजे सम्मका लागि स्थगित गरिन्। वैशाख १५ गते राति भरतपुर महानगरपालिकाको मतगणना स्थलमा वडा नम्बर १९ को मतगणना हुँदै गर्दा माओवादी केन्द्रका प्रतिनिधि द्रोण बहादुर सिवाकोटी र मधु न्यौपानेले मतपत्र च्यातेपछि मतगणना स्थगित भएको हो ।

आजको बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७४र०७५ को बजेटबारे छलफल गर्ने कार्यसूची थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =