गण्डक नहरमा डुबेर बाबु छोरा वेपत्ता

नवलपरासी, माघ २४ । नवलपरासीको पश्चिम गण्डक नहरमा डुबेर २ जना स्थानीय बेपत्ता भएका छन् । वेपत्ता हुने बाबु छोरा हुन् ।
नहरमा डुवेर सुस्ता गाउपालिका वडा न.२ फेनहरा बस्ने ५५ बर्षिय छोटे बनीया र उनका छोरा २२ वर्षिय ब्रिजेश बनीया वेपत्ता भएका इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

प्रहरीका अनुसार बेपत्ता परेका ति दुबै बाबू छोराको खोजी कार्य भई रहेको छ ।

जिल्लाको सुस्ता गाउपालिका महलबारी हुँदै भारत बगेको गण्डक नहरमा नुहाउने क्रममा उनीहरु डुबेर बेपत्ता भएका हुन । नहरमा धेरै पानी भएकाले शव खोज्न समस्या भइरहेको तथा नहरको पानी सुकाउने कार्य जारी रहेको बताइएको छ ।

बुधबार विहान करिब ११ः३० बजेको समयमा नहरमा नुहाएर मदारबाबा मेला जाने तयारीमा रहेका छोटे बनिया नहरमा नुहाउदै गर्दा एक्कासि डुब्न थालेपछि उनका छोरा ब्रिजेश बुवालाई बचाउन जाँदा पानीको बहावले दुबैजना डुबेर बेपत्ता भएको प्रत्यक्षदर्शीले बताए ।
नजिकै महलबारी प्रहरी चौकी पनि रहेको छ तर प्रहरीको पूर्व तयारी नहुँदा उनीहरुलाई तत्काल उद्धार गर्न नसकिएको स्थानीयले गुनासो गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 13 =