स्वराजको नेपाल भ्रमण कुटनीतिक मर्यादा विपरित : माओवादी केन्द्र

काठमाडौं, माघ २० । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणप्रति माओवादी केन्द्रले असन्तुष्टि प्रकट गरेको छ । नयाँ सरकार गठन अघि भएको स्वराजको भ्रमणले वामपंथी गठबन्धन फुटाउन खोजेको र आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजेको माओवादी बुझाई छ ।

माओवादी केन्द्रकी पम्फा भुसालले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण उपयुक्त नभएको बताएकी छन्। प्रवक्ता भुसालले काम चलाउ सरकार रहेको अवस्थामा भएको भारतीय विदेशमन्त्री स्वराजको भ्रमण कुटनीतिक तथा राजनीतिक दुवै रूपमा उपयुक्त नरहेको बताएकी हुन्।

प्रवक्ता भुसालले निर्वाचनपछि नयाँ सरकारसमेत नबनेको अवस्थामा छिमेकबाट उच्चस्तरीय भ्रमण हुनु स्वभाविकै भए पनि राजनीतिक तथा कूटनीतिक रूपमा भने उपयुक्त हुन नसक्ने बताइन्।बिहीबार नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री स्वराजले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि ‘वान टु वान’ वार्ता गरेकी थिइन्। नयाँ सरकारसँग सहकार्य गरेरअघि बढ्ने सन्देश दिने उद्देश्यका साथ भएको भारतीय विदेशमन्त्री स्वराजको भ्रमण उपयुक्त समयमा नभएको चर्चा चल्दै आएको छ।

स्वराजको भ्रमणपछि भारतीय संस्थापन पक्षले माओवादीलाई पाखा लगाएर एमाले तथा मधेशवादी दलहरुको सरकार गठन गर्न चाहेको समाचारहरु प्रकाशित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =