नेपाललाई चौथो सफलता, सन्दिपले लिए विकेट

काठमाडौं, माघ २५ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत आयोजक नामिवियाको चौथो विकेट झरेको छ । नेपालका लागि चौथो विकेट युवा खेलाडी सन्दिप लामिछानेले दिलाएका हुन् ।

सन्दिपले जर्ज विलियम्सलाई ४१ रनमा आउट गराएका हुन् । यसअघि बसन्तले नामिवियाको जेपी कोट्जेलाई ९ रनमा आउट गराएका हुन् । सोमपाल कामीले इटेफन बार्डलाई १८ र अर्का ओपनर भान्डर वेष्थु जिनलमई १ रनमा आउट गराएका थिए ।

१३ ओभरको खेल समाप्तिसम्म नामिवियाले ४ विकेटको क्षतिमा ८० रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =