बलिउड कि सबैभन्दा महंगी अभिनेत्रीको सेक्सी फोटो

एजेन्सी । ३२ वर्षिया दीपिका पादुकोण बलिउड फिल्म इण्डस्ट्रीमा सबैभन्दा महंगी अभिनेत्री बन्न सफल भएकी छन् । उनी अहिले प्रति फिल्म १३ करोड रुपैयाँ पारिश्रमिक लिइरहेकी छन् ।

सन् २००७ मा शाहरुख खानको विपरित सुपरहिट फिल्म ‘ओम शान्ति ओम’ बाट उनले बलिउडमा डेब्यू गरेकी थिइन् । उनले अहिलेसम्म २० भन्दा बढी फिल्महरुमा अभिनय गरिसकेकी छिन् ।

दीपिका पादुकोण पछिल्लो पटक फिल्म ‘बाजीराव मस्तानी’ मा देखिएकी थिइन । रणवीर सिँहका साथ देखिएकी दीपिका अभिनित उक्त फिल्मलाई सञ्जय लीला भन्सालीले निर्देशन गरेका थिए ।

 

सन् २०१७ मा उनको पहिलो हलिउड फिल्म ‘ट्रिपल एक्स’, ‘द जेण्डर केज’ रिलीज भएको थियो । यसका साथै फिल्म ‘राबता’ को टाइटल सङमा उनले ‘स्पेशल अपीयरेन्स’ दिएकी थिइन् । दीपीकाको केही दिन पछि फिल्म ‘पद्मावती’ मा देखिदै छिन् । सञ्जय लीला भन्सालीको निर्देशनमा तयार भएको बहुप्रतिक्षीत फिल्म ‘पद्मावती’ मा रणवीर सिँह र शाहिद कपूरको पनि अहम भूमिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 3 =