प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, भोलि स्वदेश फर्कने

 

                                                                 फाइल तस्विर 

साउन २३, काठमाडौं । स्वास्थ्योपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको परीक्षण सम्पन्न भएको छ । 

null

सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराएका प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको, रिपोर्ट सामान्य रहेको सचिवालयले जनाएको छ । 

स्वास्थ्य सुधारसँगै उनी भोलि स्वदेश फर्कँदैछन् । प्रम ओली नियमित स्वास्थ्य परीक्षणका लागि ओली साउन १८ गते सिंगापुर गएका थिए । यसअघि ओली नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्याण्ड गएको थिए । 

प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिब्यसिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यसहित नौ सदस्य सहभागी छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =