विहान उठ्ने वित्तिकै अनिवार्य गर्नुस् यी काम

बिहान सवेरै उठ्नु राम्रो भन्ने हाम्रो पुरानो संस्कार पछिल्लो समयमा बेवास्ता हुन थालेको छ । मानिसहरू ढिलो सम्म जागै बस्ने र बिहान ढिला सम्म सुत्ने चलन बढी देखिन्छ । तर, खासमा सूर्योदय हुनु अघि नै उठ्नु स्वास्थ्यका दृष्टिले निक्कै राम्रो मानिन्छ । सूर्योदय अघिको समयलाई ब्रह्म मुहूर्त भनिन्छ । यो पुरानो परम्परा हो । हुन त बिहान सवेरै उठ्न धेरैलाई गाह्रो पर्छ तर बिहान सबेरै उठ्नु उत्तम मानिन्छ ।

बिहानमा गर्नुपर्ने ३ कामः
सूर्योदय अघि उठेर पानी पिउनु राम्रो मानिन्छ । यसलाई उशा पान पनि भन्ने गरिन्छ । बिहान पिइएको पानीले शरीरमा रहेको विकारलाई बाहिर पठाउन मद्दत गर्छ । त्यति मात्र होइन सवेरै पानी पिउँदा विभिन्न रोगबाट समेत बँच्न सकिन्छ । यसले हाम्रो त्वचा पनि राम्रो बनाउँछ । बिहानमा तामाको भाँडोमा राखेको पानी पिउनु सबै भन्दा उत्तम मानिन्छ ।

बिहान उठ्ने बित्तिकै सबै भन्दा पहिलो काम हत्केलाको दर्शन गर्नु पर्छ भनेर ऋषिमुनीहरुले भनेका छन् । यसले हाम्रो दिनलाई शुभ बनाउने शास्त्रमा उल्लेख छ । हत्केलाको दर्शनपछि हामीले भूमिको दर्शन गर्नु अर्थात् जमिनमा ढोग्नु राम्रो मानिन्छ । यसो गर्दा स्वास्थ्य र धन दुवै लाभ हुने बताइएको छ । बिहान सवेरै उठ्ने व्यक्तिको अनुहारमा कान्ति हुने हुन्छ। यसले छालालाई राम्रो राख्छ भने छिटो बुढो देखिने समस्याबाट पनि मुक्ति दिन्छ ।

बिहान उठ्ने बित्तिकै योगा वा ध्यान गर्नु उत्तम मानिन्छ । बिहानको हावा र वातावरण कम प्रदुषित हुने र तनाव पनि कम हुने हुँदा यो समयमा ध्यान गर्दा दिनभर दिमाग एकतृत गर्न सकिने विज्ञहरुको भनाइ छ । बिहानको हावा स्वास्थ्यवर्धक मानिन्छ । बिहान सवेरै उठेको व्यक्ति दिनभर फ्रेस रहन्छ ।

शास्त्रका अनुसार बिहान ढिला उठ्दा धेरै कुरा नकारात्मक हुन्छ । अरू उठ्नु अघि नै उठेर आफ्ना नित्य कर्म गर्ने व्यक्तिलाई दिनभरि सकारात्मक विचार आउने र ऊर्जा कायम रहने शास्त्रमा उल्लेख छ ।

उठ्ने बित्तिकै तामाको भाँडाको पानी पिउनुस्
हत्केलाको दर्शन
योग ध्यान
धार्मिक महत्त्व

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 18 =