‘विदेशमा अलपत्र परेका नेपालीलाई ल्याऊ’

काठमाडौं । पूर्वमन्त्री तथा राप्रपा नेता दीपक बोहराले विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन आग्रह गरेका छन् । बोहराले हिजोसम्म विदेशमा रगत पसिना बगाएर पठाएको रेमिट्यान्सले देश चलाउने आज तिनै नागरिकलाई विदेशमा अलपत्र पर्दा देशमा ल्याएर ब्यवस्था गर्न नसक्नु सरकारको गैरजिम्मेवारपन भएको बताएका छन् ।

पूर्वस्वास्थ्य मन्त्री समेत भएका बोहराले सरकारले तत्काल आफ्ना नागरिकलाई स्वदेशमा ल्याउन पहल गर्नुपर्ने बताए । उनले भनेका छन् ‘हिजो सम्म बिदेशी भूमिमा रगत पसिना बगाएर पठाएको रेमिटेन्सले देश चलाउने र अहिले त्यही नेपालीहरू बिदेशमा अलपत्र पर्दा देशमा ल्याएर व्यवस्था गर्न नसक्ने कस्तो गैरजिम्मेवारीपना हो ? सरकार तत्काल आफ्नो नागरिकलाई देश ल्याउने व्यवस्था गरौं’

उनले लिपुलेक, लिम्पियाधुरा तथा कालापानी समेटिएको नेपालको नक्सा जारी गर्ने मन्त्रिपरिषद्को निर्णय स्वागत योग्य भएको पनि बताएका छन् । उनले अब सरकारले कुटनैतिक पहल गरेर अतिक्रमित भूमी फिर्ता ल्याउनु पर्ने पनि बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *