मेचीनगरबाट भन्सारछलीका कपडा बरामद
२०८३ साउन १० गते

झापा । भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको रु एक लाख ४१ हजार ४० बराबरको कपडा जिल्ला प्रहरी कार्यालय झापाले बरामद गरेको छ ।
मेचीनगर नगरपालिका–६ हनुमान मन्दिर क्षेत्रबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले एक लाख ४१ हजार ४० बराबरको कपडा नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याउँदै गरेका अवस्थामा विभिन्न किसिमका कपडा नियन्त्रणमा लिइएको हो ।
बरामद गरिएका सम्पूर्ण कपडा आवश्यक कारबाहीका लागि काँकरभिट्टा भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।
२०८३ साउन १० गते
प्रतिक्रिया
सम्बन्धित








