लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्: डा. रामवरण यादव

काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रको मर्म नबुझ्ने व्यक्तिहरू अहिलेको शासन सत्तामा रहेको टिप्पणी गरेका छन् ।

बुधवार काठमाडौँमा चक्रप्रसाद बास्तोला बौद्धिकता र विद्रोह नामक पुस्तक विमोचन समारोहमा उहाँले यस्तो टिप्पणी गरेका हुन् ।

पूर्वराष्ट्रपति यादवले भने ‘मलाई लागेको के हो भने अहिलेको शासन व्यवस्थामा लोकतन्त्रको मर्म नबुझ्ने मानिसहरू छन् । संविधानको कुरा होस् वा नहोस्, अर्थमन्त्रीले संघीयता खत्तम गर् भनेर बोल्छन् ।’

उनले अर्थमन्त्रीले संघीयता नराख्ने भनेर बोल्ने गरेको भन्दै आपत्ति जनाए । पूर्वराष्ट्रपति यादवले संघीयता खारेज गर्नुपर्ने अभिव्यक्तिले देशलाई पछाडि धकेल्ने बताए । अन्तर्राष्ट्रिय निकायमा काम गरेको र देशको आर्थिक–सामाजिक रूपान्तरण (प्याराडाइम सिफ्ट) गर्ने अपेक्षा गरिएका विद्वान व्यक्तिहरूबाटै संघीयता विरोधी धारणा आउनु दुर्भाग्यपूर्ण रहेको उनको टिप्पणी छ ।

उनले लोकतन्त्रको मर्म र संविधानको भावना नबुझ्नेहरूले वर्तमान व्यवस्थालाई कमजोर बनाउन खोजेको आरोप समेत लगाए ।

सङ्घीयतासँग धेरै पक्षहरू जोडिएको स्मरण गराउँदै उहाँले प्राप्त उपलब्धिहरूको संरक्षण गर्दै अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =