प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ५० जना प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रणसम्बन्धी तालिम प्रदान गरेको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको तत्वावधानमा सञ्चालित ट्राफिक नियन्त्रण तालिमअन्तर्गत ४५ कार्यदिनको तालिम मङ्गलबार सफलतापूर्वक सम्पन्न भएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित समापन कार्यक्रममा कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले प्रशिक्षार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

त्यस अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले तालिमबाट हासिल भएको ज्ञान, सीप र दक्षतालाई कार्यक्षेत्रमा इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

तालिम संयोजक प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले तालिममा प्रहरी सहायक हवल्दार १८ र प्रहरी जवान ३२ जना प्रशिक्षार्थी सहभागी भएका बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =