युक्रेनलाई हतियार र सेना नदिने हंगेरीका प्रधानमन्त्रीको घोषणा

एजेन्सी । हंगेरीका प्रधानमन्त्री पिटर माघ्यारले आफ्नो देशले युक्रेनलाई हतियार वा सैन्य जनशक्ति उपलब्ध नगराउने स्पष्ट पारेका छन् । टर्कीको अंकारामा आयोजित नेटो शिखर सम्मेलनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री माघ्यारले मानवीय सहायता र नेटोको एकताप्रति बुडापेस्ट प्रतिवद्ध रहेको बताए ।

जारी द्वन्द्वका विषयमा हंगेरी सरकारको धारणा स्पष्ट पार्दै उनले युक्रेन ‘पीडित’ पक्ष भएको र आफ्नो क्षेत्रीय अखण्डताको रक्षा गर्ने अधिकार उसलाई रहेको बताए । उनले यो निर्णय गत अप्रिलमा सम्पन्न निर्वाचनमा हंगेरीका मतदाताले दिएको स्पष्ट जनादेशअनुरूप भएको समेत उल्लेख गरे ।

यसैबीच, प्रधानमन्त्री माघ्यारले मङ्गलवार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग छोटो कुराकानी भएको जानकारी दिए । दुवै नेताहरू निकट भविष्यमा द्विपक्षीय बैठक बस्न सहमत भएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 6 =