बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित

विराटनगर । झापाको बाहुनडाँगी क्षेत्रमा जङ्गली हात्तीको बढ्दो आतङ्कका कारण स्थानीयवासी त्रसित बनेका छन् ।

हुलका हुल जङ्गली हात्ती त्यहाँ प्रवेश गरी स्थानीयका बाली नष्ट पारिदिने र मान्छे समेतलाई आक्रमण गर्ने डरले स्थानीयमा चिन्ता बढाएको हो ।

हात्तीको आक्रमणबाट विगतमा २९ जना र यस वर्ष दुई जना गरी हालसम्म ३१ जनाले अकालमै ज्यान गुमाइसकेका छन् ।

हमलाबाट जनतालाई जोगाउन यसअघि नेपाल सरकारको पहलमा मेची नदीको पश्चिम किनारमा १७ दशमलव १४ किमीमा सोलार फेन्सी तार जडान गरिएको थियो । हाल सोलारप्यानल जीर्ण अवस्थामा पुगेको छ ।

बालीनाली नष्ट गर्ने, घर तोडफोड गर्ने र मानिसको ज्यानैसमेत लिने तथा चौपाया समेतलाई आक्रमण गर्ने हात्तीलाई सरकारले प्रवेश गर्नबाट तत्काल रोक्नुपर्ने बताउँछन्, स्थानीय रमेश दाहाल ।

जिल्ला प्रशासन कार्यालय, झापाले त्यस क्षेत्रमा द्रुत प्रतिक्रिया टोली (आरआरटी), परिचालन गरेको बाहुनडाँगी गाविसका पूर्वध्यक्ष नीलकण्ठ तिवारीले जानकारी दिए । अतिरिक्त प्रशासनले जनपद र सशस्त्र प्रहरीको टोली त्यसतर्फ पठाउने गरेको छ ।

स्थानीयले हात्तीबाट जोगिन र बालीनाली जोगाउन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रधानमन्त्री, जिल्ला प्रशासन कार्यालय झापामासमेत ज्ञापन पत्र बुझाईसकेका छन् ।

यहाँका जनताले ४० वर्षदेखि जङ्गली हात्तीको आतङ्क व्यहोर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =