चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनका तीन प्रतिनिधिसभा सदस्यहरू पदाधिकारीमा निर्वाचित भएका छन् ।

चितवन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य रवि लामिछाने पार्टी सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।

क्षेत्र नं ३ का सोविता गौतम उपसभापति र क्षेत्र नं १ का सांसद हरि ढकाल सहमहामन्त्रीमा निर्वाचित भएकी छन् ।

पार्टीका जिल्ला सचिव तेजेन्द्र पौडेलका अनुसार तनहुँबाट निर्वाचित पार्टी उपसभापति डा.स्वर्णीम वाग्लेको घर पूर्वी चितवनमा छ । रत्ननगर नगरपालिका वडा नं १४ पिठुवामा रहेको घरमा वाग्लेका बुबा आमा बस्दै आएका छन् । त्यस्तै समानुपातिक सांसद प्रभा ढकाल र समिना मिया केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

जिल्लाकै नेताहरू प्रकृति ढकाल, सविना विक र आकांक्षा पोखरेल पनि केन्द्रीय सदस्यमा निर्वाचित भएको उनले जानकारी दिए । यस अघिका केन्द्रीय सदस्य राजन गौतमको नाम केन्द्रीय सदस्यका लागि चर्चामा रहे पनि आवास तथा खाना व्यवस्थापन समितिमा रहेकाले कार्यव्यस्तताका कारण उनले उम्मेदवारी दिए ।

पौडेलले समग्र केन्द्रीय समितिमा जिल्लाका धेरै नेताहरूको प्रतिनिधित्व भएको बताए । उनले तीन वटै क्षेत्रका प्रतिनिधिसभा सदस्य पदाधिकारी हुनु जिल्लाका लागि गर्वको विषय भएको बताए । अब मनोनित हुने ५१ जनाभित्र पनि चितवनका नेताहरू पर्ने आकलन गरिएको उनले बताए ।

हालै चितवनको भरतपुरमा सम्पन्न हाधिवेशनमा देशभरबाट झण्डै १० हजार प्रतिनिधि, पर्यवेक्षक र शुभेच्छुकहरू सहभागी भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =