विष्णु पौडेलको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

काठमाडौं । एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

पौडेलकी पत्नी दोमाया पौडेलले दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।

रिटमा राजनीतिक प्रतिशोधका आधारमा कुनै प्रमाण र तथ्यबिना पौडेललाई पक्राउ गरिएको दाबी गर्दै उनको तत्काल रिहाइको माग गरिएको थियो ।

प्रहरीले गत सोमबार जरूरी पक्राउ पुर्जीका आधारमा पौडेललाई सुर्खेतबाट पक्राउ गरेको थियो ।

त्यसपछि मंगलबार विशेष अदालतले जरूरी पक्राउ पुर्जीको समर्थन गर्दै थप अनुसन्धानका लागि उनलाई सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

उक्त पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले विपक्षी पक्षसँग लिखित जवाफ माग गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − ten =