श्रवण श्रेष्ठ बने भानु नगरपालिकामा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी

काठमाडौँ । तनहुँको भानु नगरपालिकामा कार्यरत कर्मचारी श्रवण श्रेष्ठ उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी बनेका छन् ।

नगरपालिकाले आर्थिक वर्षभरि आफ्नो जिम्मेवारीको क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै श्रेष्ठलाई सम्मानसहित पुरस्कृत गरेको हो ।

भानु नगरपालिकाको ११औँ नगर अधिवेशनका अवसरमा उनलाई सम्मान गरिएको थियो । नगरपालिकाको सुशासन समितिले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीका रूपमा श्रेष्ठको नाम सिफारिस गरेको जनाएको छ ।

उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी घोषित भएका श्रेष्ठलाई नगरप्रमुख आनन्दराज त्रिपाठीले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =