भोलिको प्रतिनिधिसभा बैठक स्थगित, अब शुक्रबार बस्ने

काठमाडौं । भोलि (बिहीबार) का लागि तय गरिएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

संघीय संसद् सचिवालयले सूचना जारी गर्दै बिहीबार बिहान ११ बजे बस्ने तय भएको बैठक विशेष कारणवश सञ्चालन हुन नसक्ने जनाएको हो ।

संसद् सचिवालयका अनुसार बैठक अब शुक्रबार दिउँसो १ बजे बस्नेछ ।

संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गर्दै प्रतिनिधिसभा बैठकको नयाँ समय निर्धारण गरिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 8 =