सम्पत्ति छानबिन गर्नुपर्छ भनेर मैले आवाज उठाएको हुँ: जनार्दन शर्मा

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका संस्थापक नेता जनार्दन शर्माले सम्पत्ति छानबिनको विषय आफूले नै सदन र पार्टीभित्र उठाएको बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शर्माले सम्पत्ति छानबिन हुनुपर्ने आफ्नो अडानमा अहिले पनि कायम रहेको बताएका हुन् ।

उनले आफूले यसअघि नै सदन तथा पार्टीमा सम्पत्ति छानबिनको विषय उठाएको उल्लेख गर्दै त्यसमा कुनै परिवर्तन नआएको स्पष्ट पारे ।

शर्माले सरोकार नै नभएको विषयलाई जोडेर भ्रम सिर्जना गर्ने उद्देश्यका साथ आफूविरुद्ध मिडिया ट्रायल गरिएको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “सम्पत्ति छानबिन गर्नुपर्छ भनेर मैले सदन र पार्टीमा पनि विषय उठाएको हुँ । त्यसमा म अहिले पनि अडिग छु । तर, सरोकार नै नभएको विषय बनाइ भ्रम सिर्जना गर्ने उद्देश्य राखेर गरिने मिडिया ट्रायलप्रति दुःख व्यक्त गर्दछु ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 8 =