राप्रपा काठमाडौं अध्यक्ष सिंखडासहित नेताहरूले छाडे पार्टी
२०८३ असार ५ गते

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष नवराज सिंखडासहितका नेताहरूले पार्टी परित्याग गरेका छन् ।
राप्रपा आफ्नो नीति, सिद्धान्त र वैचारिक मार्गबाट विमुख हुँदै गएको निष्कर्षसहित उनीहरूले शुक्रबार संयुक्त रूपमा पार्टी छाडेको घोषणा गरेका हुन् ।
पार्टी परित्यागको घोषणा गर्दै सिंखडाले राप्रपामा रहँदा साथ, सहयोग र विश्वास गर्ने नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गरेका छन् ।
उनले पार्टी छाडेपछि आफूहरू कुनै राजनीतिक दलमा आबद्ध नभई स्वतन्त्र रूपमा रहने बताएका छन् ।
‘राप्रपामा रहेर काम गर्दा लामो समयसम्म साथ सहयोग दिनुहुने सम्पूर्ण अग्रज नेताज्यूहरूमा हार्दिक नमन गर्दै काठमाडौं जिल्लाका तमाम साथीहरूले ममाथि गरेको विश्वासप्रति हार्दिक आभार प्रकट गर्दछु,’ सिंखडाले भनेका छन्।
२०८३ असार ५ गते
प्रतिक्रिया
सम्बन्धित









