सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत
२०८३ असार ५ गते

काठमाडौँ । सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ पनि प्रतिनिधि सभाबाट स्वीकृत भएको छ ।
शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले स्वीकृतिका लागि पेस गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।
यसअघि विपक्ष दलको तर्फबाट श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले उक्त अध्यादेश अस्वीकृत गरियोस् भनी राख्नुभएको प्रस्ताव अस्वीकृत भएको थियो । त्यसैगरी बैठकले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ पनि स्वीकृत गरेको छ ।
प्रतिनिधि सभाको अर्को बैठक यही असार ११ गते बिहीबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।
२०८३ असार ५ गते
प्रतिक्रिया
सम्बन्धित









