काँग्रेसको प्रश्न- प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार थर्काउने र हुकुम चलाउनेहरू को हुन् ?

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद खडगबहादुर बुढाले प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थर्काउने र हुकुम चलाउनेहरू को हुन् ? भनी प्रश्न गरेका छन् ।

प्रधानमन्त्री कार्यालयमा बोलाएर कानुन र संविधानले नचिनेका गिरोहरुहरुले मुलुकमा हुकुम चलाउने काम गरेको भन्दै सरकारसँग उनीहरू को हुन ? प्रश्न प्रश्न गरेका हुन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकको सुरुमै बोल्दै सांसद बुढाले संविधान र कानुनले नचिनेकोहरुले प्रधानमन्त्री कार्यालयमा बसेर कालो चस्मा लगाएर मुलुकमाथि शासन चलाउन खोज्नेहरू नयाँ गिरोहको रूपमा रहेको उनको आरोप थियो । सांसद बुढाले सबै मन्त्रालयहरूमा मन्त्री देखाउने अनुहारहरू मात्रै भएको तर त्यहाँ चलाउने अर्कैैं अदृश्य शक्तिहरू रहेको जिकिर पनि गरे ।

उनले भने ‘प्रधानमन्त्रीले बुझ्नुभएको छ कि छैन ? अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्र होइन । संवैधानिक अंग हो । यसको काम आवश्यक परेको बेला सरकारमाथि पनि निगरानी राख्ने र राज्य शक्तिमा चेक एण्ड ब्यालेन्स कायम राख्ने हो । अख्तियार कसैको गोजीको संस्था होइन । आज प्रधानमन्त्री कार्यालय अख्तियारलाई तर्साएर आफ्नो निर्णय गराउँछ भने भोली प्रधानमन्त्रीले बदमासी गर्दा कसले छानबिन गर्छ ? कुनै बेला केटाकेटी छँदा पञ्चायतकालमा भूमिगत गिरोहको बारेमा चर्चा गरेको मैले सुनेको थिए । ठ्याक्कै त्यस्तै लोकतान्त्रिक गणतन्त्रमा एउटा अर्को प्रकारको गिरोहको चर्चा हुन थालेको छ । प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियारलाई थर्काउने र हुकुम चलाउनेहरू को हुन ? तिनीहरू नेपालको संविधान र कानुनले नचिनेका केवल कालो चस्मा लगाएर राज्यका संयन्त्रहरू कब्जा गर्न बसेका नयाँ गिरोहका सदस्य हुन । जनतामा एउटा गम्भीर चिन्ता छ–मन्त्रालयमा देखिएका मन्त्रीहरू देखाउन अनुहारहरू मात्रै हुन । वास्तविक निर्णय अरू कसैले गरिरहेको छ भन्ने व्यापक गुनासो छ । यदि यस्ता आरोपहरू सत्य हुन भने यो लोकतन्त्रका लागि शुभसंकेत होइन । लोकतन्त्र संस्थाले चल्छ, व्यक्तिले होइन । संविधानले चल्छ, अदृश्य शक्तिहरूले होइन ।’

सांसद बुढाले मन्त्रालयमा देखिएका ती अदृश्य शक्ति र व्यक्तिहरू मुलुक र लोकतन्त्रका लागि शुभसंकेत नभएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 17 =