• twitter
  • tiktok
Makalu Khabar : makalukhabar.com

२०८३ असार ५ गते

Makalu Khabar : makalukhabar.com

Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
  • अर्थ
    • अटाेमाेवाइल्स
    • अर्थ समाचार
    • कर्पोरेट
    • बैंक/वित्त
    • विमा
    • शेयर बजार
  • विचार
  • कला
    • कला / संगीत
    • गसिप
    • सिनेमा
  • खेलकुद
    • क्रिकेट
    • फुटबल
    • बिविध
  • चुनाव विशेष
  • चर्चामा
  • विशेष
  • English

बोस्नियामाथि स्विट्जरल्यान्डको शानदार जित

मकालु खबर
२०८३ असार ५ गते
बोस्नियामाथि स्विट्जरल्यान्डको शानदार जित

काठमाडौं । स्विट्जरल्यान्डले फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो दोस्रो खेलमा बोस्निया एन्ड हर्जेगोभिनामाथि ४-१ को सानदार जित हासिल गरेको छ ।

बिहीबार मध्यराति लस एन्जसल रंगशालामा सम्पन्न समूह ‘बी’को खेलमा मन्जाम्बीले ७२औं मिनेटमा स्ट्राइकर डान एनडोयलाई प्रतिस्थापन गरेका थिए ।

दुई मिनेट बित्न नपाउँदै भलीमार्फत टोलीलाइ ब्रेक थ्रु दिलाएका उनले ९०औं मिनेटमा अर्को गोल गरे । उनले दोस्रो गोल आफूसँगै मैदान प्रवेश गरेका फरवार्ड रुवेन भार्गासको पासमा गरेका थिए ।

भार्गस आफैले ८४औं मिनेटमा गोल गरेका थिए । जुन गोलपछि टोलीले २–० को अग्रता बनाएको थियो । भार्गसले गोल गर्नुअघि ८०औं मिनेटमा बोस्निया १० खेलाडीमा सीमित भएको थियो ।

पेनाल्टी बक्सबाहिर स्ट्राइकर ब्रील एम्बोलोलाई ट्याक्कल गरेपछि सेन्टरब्याक तारिक मुहारेमोभिकले रातो कार्ड खाए । एक खेलाडी कम भएपछि स्विट्जरल्यान्ड थप आक्रमक बनेको थियो । यही कारण मन्जाम्बीको व्यक्तिगत दोस्रो गोल सम्भव भएको थियो ।

यद्यपि बोस्नियाले इन्जुरी समयको तेस्रो मिनेटमा सान्त्वना गोल फर्कायो । कर्नरलाई सदुपयोग गरेका एर्मिन माहमिकले शक्तिशाली प्रहारमा ग्रेगोर कोबलाई बिट गरे । तर, स्विट्जरल्यान्डको अन्तिम गोल आउन अझै बाँकी थियो ।

भार्गास र मन्जाम्बीसँगै मैदानमा प्रवेश गरेका मिडफिल्डर जिब्रिल सोलाई विपक्षी मिडफिल्डर अमार मेमिकले फउल गरेपछि स्विट्जरल्यान्डले पेनाल्टी पाएको थियो । जसलाई कप्तान ग्रानिट जाकाले सदुपयोग गरे । उनले पहिलो बारमा गोलकिपर निकोला भासिलिजलाई बिट गरे ।

जितसँगै स्विट्जरल्यान्ड चार अंकसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ । यसअघि आफ्नो पहिलो खेलमा टोली कतारसँग १–१ को बराबरीमा रोकिएको थियो । बोस्नियाको एक अंक छ । यसअघि बोस्नियाले पनि सह–आयोजक क्यानडासँग १–१ कै नतिजा आत्मसात गरेको थियो ।

समूहको अन्तिम चरण जुन २५ मा हुनेछ ।

मकालु खबर
२०८३ असार ५ गते
प्रतिक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

2 × two =

सम्बन्धित
इरानसँगको सम्झौताको आलोचना ‘मूर्खतापूर्ण अभिव्यक्ति’: ट्रम्प

इरानसँगको सम्झौताको आलोचना ‘मूर्खतापूर्ण अभिव्यक्ति’: ट्रम्प

अमेरिका र इरानबीच प्रारम्भिक चरणको वार्ता स्विजरल्याण्डमा हुने: रोयटर्स

अमेरिका र इरानबीच प्रारम्भिक चरणको वार्ता स्विजरल्याण्डमा हुने: रोयटर्स

अमेरिका-इरानद्वारा इस्लामाबाद एमओयूमा इलेक्ट्रोनिक हस्ताक्षर: पाकिस्तान

अमेरिका-इरानद्वारा इस्लामाबाद एमओयूमा इलेक्ट्रोनिक हस्ताक्षर: पाकिस्तान

हेजबुल्लासँग उद्धार बन्न नेतान्याहुलाई ट्रम्पको आग्रह

हेजबुल्लासँग उद्धार बन्न नेतान्याहुलाई ट्रम्पको आग्रह

गैरकानूनी राजनीतिक कोष प्रकरणः सियोलका मेयरलाई डेढ वर्ष कैद सजायको माग

गैरकानूनी राजनीतिक कोष प्रकरणः सियोलका मेयरलाई डेढ वर्ष कैद सजायको माग

फिफा विश्वकपमा जोर्डनको ऐतिहासिक डेब्युः देशभर उत्साह र गौरवको लहर

फिफा विश्वकपमा जोर्डनको ऐतिहासिक डेब्युः देशभर उत्साह र गौरवको लहर

कङ्गोको विस्थापित शिविरमा इबोलाको उच्च जोखिमः खानेपानी र सरसफाईको अभावले सङ्कट थपियो

कङ्गोको विस्थापित शिविरमा इबोलाको उच्च जोखिमः खानेपानी र सरसफाईको अभावले सङ्कट थपियो

अमेरिकी केन्द्रिय बैंकद्वारा नीतिगत ब्याजदर यथावत

अमेरिकी केन्द्रिय बैंकद्वारा नीतिगत ब्याजदर यथावत

मकालु मिडिया नेटवर्क प्रा. लि.
अध्यक्ष तथा प्रकाशक : सीआर बस्नेत

सूचना विभाग दर्ता नं. २६७/०७३–७४

सम्पर्क

Anamnagar -29, Kathmandu
014102676
[email protected]

  • twitter
  • tiktok

समाचार

    • समाज
    • खेलकुद
    • स्वास्थ्य
    • अन्तरराष्ट्रिय
    • Archive

अर्थ / वाणिज्य

    • अटाेमाेवाइल्स
    • अर्थ समाचार
    • बैंक/वित्त
    • विमा
    • शेयर बजार

कला

    • कला / संगीत
    • गसिप
    • सिनेमा

हाम्रो टिम हाम्रो बारे सम्पर्क विज्ञापन Privacy Policy प्रीति-यूनिकोड

© 2017-2026 makalukhabar.com सर्वाधिकार

  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ / वाणिज्य
  • समाज
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • देश
  • विचार
  • कुराकानी
  • फिचर
  • अन्तरराष्ट्रिय
  • पर्यटन
  • रोजगार
  • रोचक
  • शिक्षा
  • चर्चामा
  • साहित्य
  • जिवनशैली
  • चर्चामा
  • विशेष
  • English
खोज्नुहोस