विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी

काठमाडौं । काठमाडौँको नक्सालमा आजदेखि विपद् व्यवस्थापनसम्बन्धी सन्देश बोकेका कार्टुन कला प्रदर्शनी सुरु भएको छ ।

नेपाल ललितकपा प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र कार्टुनिष्ट क्लब अफ नेपालको सहकार्यमा आजदेखि कार्टुन कला प्रदर्शनी सुरु भएको हो ।

प्रदर्शनीको उद्घाटन गर्दै प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले जुनसुकै काम गर्दा पहिले विपद् बुझ्नुपर्नेमा जोड दिँदै कार्टुनमार्फत विपद्सम्बन्धी सन्देश प्रस्तुत गर्दा सबैको मनमस्तिष्कमा बस्ने बताए ।

उनले स्कुल तहदेखि कलामार्फत विद्यार्थीलाई विपद्का बारेमा जानकारीसहित पूर्व तयारीका विषयमा बुझाउँदै जानुपर्नेमा जोड दिए ।

उनले कार्टुन हेरेर मानिसले सजिलै बुझ्ने बाउँदै यसलाई अझै प्रभावकारी बनाएर लैजानुपर्ने उल्लेख गरे । यसका लागि प्राधिकरण कलाकारसँग सहकार्यका लागि तयार रहेको उनले बताए ।

कार्टुनिष्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले विपद् कुन बेलामा आउँछ भन्ने कसैलाई थाहा नहुने भएकाले पूर्व तयारी र पूर्व जानकारी दिनुपर्नेमा जोड दिँदै त्यसको उपयुक्त माध्यम कला भएको बताए ।

उनले आगामी दिनमा प्रदेश तथा स्थानीय तहमा यस्ता कार्यक्रम लैजानुपर्नेमा जोड दिए ।

प्रतिष्ठानकी निवर्तमान प्राज्ञपरिषद् सदस्य सौरगङ्गा दर्शनधारीले गत वर्षदेखि यो कार्यक्रम सुरु भएको जनाउँदै यसलाई आगामी दिनमा पनि निरन्तरता दिने विश्वास व्यक्त गरे ।

उनले यसपालिको प्रदर्शनीमा सबै गरेर ४६ वटा कार्टुन कला प्रदर्शनीमा राखिएका जानकारी दिए । उक्त प्रदर्शनी यही असार १० गतेसम्म जारी रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + twenty =