सुधन गुरुङलाई गृहमन्त्रीमा पुनर्वहाली गर्ने कुरा आपत्तिजनक छः काँग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रिय सभा सचेतक पदमबहादुर परियारले सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाइएको विषय आपत्तिजनक भएको टिप्पणी गरेका छन् ।

सोमवार राष्ट्रिय सभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले सम्पत्ति छानबिन आयोगको प्रतिवेदन सार्वजनिक नगरी राजनीतिक सेटिङका आधारमा पुनः गृहमन्त्री नियुक्त गरिएको भन्दै आपत्ति जनाए ।

सचेतक परियारले सम्बन्धित प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरे ।

उनले भने, ‘तत्कालीन गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिन आयोगको प्रतिवेदन सार्वजनिक पनि नगरी, सदन र जनतालाई जानकारी नगराई शंकास्पद राजनीतिक सेटिङका आधारमा पुनः गृहमन्त्रीमा बहाली गरिएको छ । यो अत्यन्तै भर्त्सनायोग्य काम भएको हामीले महसुस गरेका छौँ । तसर्थ उक्त प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न जोडदार माग गर्दछु ।’

परियारले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि सरकारलाई दबाब दिए ।

उनले प्रतिवेदन सार्वजनिक गर्ने विषयमा ढिलाइ गर्नुको कुनै औचित्य नरहेको भन्दै सरकारले पारदर्शिता कायम गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 7 =