देश बनाउने कुरामा पनि जिस्किन्छन् प्रधानमन्त्री बालेन!

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमा गरेको एक स्टाटसलाई लिएर विभिन्न टिप्पणी र आलोचना भएपछि त्यसबारे प्रष्टीकरण दिएका छन् ।

प्रधानमन्त्री शाहले आइतबार साँझ गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँगको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ भन्ने क्याप्सन लेखेका थिए । उक्त स्टाटस सार्वजनिक भएपछि क्याबिनेटका अन्य सदस्यलाई उपेक्षा गरिएको वा हेपिएको आशय व्यक्त गर्दै सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका थिए ।

यही विषयलाई लिएर प्रधानमन्त्री शाहले थप स्पष्टिकरण दिँदै आफ्नो अभिव्यक्तिलाई गम्भीर राजनीतिक सन्देशका रूपमा नबुझ्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन ।’

उनले अगाडि भनेका छन्, ‘दुःख त्यो दिन मान्नु, जुन दिन म जिस्किन छोड्छु ।’

प्रधानमन्त्रीको उक्त प्रतिक्रियापछि सामाजिक सञ्जालमा समर्थक र आलोचकबीच थप बहस सुरु भएको छ । केहीले यसलाई सामान्य ठट्टाका रूपमा व्याख्या गरेका छन् भने केहीले प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिको अभिव्यक्तिप्रति थप संवेदनशीलता आवश्यक रहेको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − ten =