विनियोजन विधेयक विभिन्न मन्त्रालय अन्तर्गतको शिर्षकहरुमाथिको छलफल असार १ बाट सुरु हुने

काठमाडौँ । आगामी आर्थिक वर्षको विनियोजन विधेयकको विभिन्न मन्त्रालय अन्तर्गतको विभिन्न शीर्षकहरूमाथिको छलफल यही असार १ गतेबाट सुरु हुने भएको छ ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले यही असार १ गतेदेखि ४ गतेसम्म उक्त विषयमा छलफल गर्नका लागि समय तोकिएको घोषणा गरेका हुन् ।

उनले उक्त छलफलमा भाग लिने सांसदहरूले आफ्नो दलको पदाधिकारीमार्फत छलफल गर्ने दिन बस्ने बैठक भन्दा एक घण्टा अघि नै संसद् सचिवालयमा आफ्नो नाम टिपाउन पनि आग्रह गरे ।

सभामुख अर्यालले भने ‘विनियोजन विधेयक २०८३ को विभिन्न मन्त्रालय एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरूमाथि छलफल गर्न र सम्बन्धित मन्त्रीले आफ्नो मन्त्रालय एवं सचिवालयसँग सम्बन्धित प्रश्नहरूको उत्तरसमेत दिनका लागि यही २०८३ असार १ गतेदेखि ४ गतेसम्मको दिनहरू तोकेको छु । साथै उक्त छलफलमा दलीय प्रतिनिधित्वको आधारमा विभिन्न मन्त्रालय, सचिवालय र सो मन्त्रालय एवं सचिवालय सँग सम्बन्धित विभिन्न शीर्षक अन्तर्गतको छलफलमा भाग लिनुहुने माननीय सदस्यहरूको नाम सम्बन्धित संसदीय दलका पदाधिकारीमार्फत सम्बन्धित मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि छलफल हुने दिन बैठक बस्नु भन्दा एक घण्टा अगावै कार्य व्यवस्था शाखा प्रतिनिधि सभा संघीय संसद् सचिवालयमा उपलब्ध गराई दिनु हुन अनुरोध गर्दछु ।’

बैठकले विनियोजन विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 3 =