चितवनका सरकारी अस्पतालमा बिरामीका भार
२०८३ जेठ २९ गते

फाइल फोटो
चितवन । यहाँस्थित दुई सरकारी अस्पताल–भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीका भार बढेको छ ।
भरतपुरस्थित दुई मेडिकल कलेजमा स्वास्थ्य बिमा कार्यक्रम हटेपछि उक्त दुई सरकारी अस्पतालमा बहिरङ्ग सेवा लिन आउने बिरामीका सङ्ख्या बढेको हो ।
भरतपुर अस्पताल, स्वास्थ्य बिमा कार्यक्रम प्रमुख लीलाधर पौडेलले दैनिक दुई हजार ३२३ र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा उमेश नेपालले दैनिक ८५० बिरामीलाई बिहान ८ः०० बजेदेखि ४ः०० बजेसम्म बहिरङ्ग सेवा दिने गरेको जानकारी दिए ।
उनीहरूले भारतीय सीमा क्षेत्रबाट यहाँस्थित सरकारी अस्पतालमा उपचारका लागि बिरामी आउने गर्दा बिरामीको भार बढेको बताएका छन् ।
२०८३ जेठ २९ गते
प्रतिक्रिया
सम्बन्धित








